३ आश्विन २०८३, शनिबार | September 20, 2026

नयाँ वर्षको पहिलो दिन देवघाटमा स्नान गर्नेको भीड



चितवन । पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलवपुर क्षेत्रका स्थानीय स्नान गर्न बढी आएका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार नयाँ वर्षको दिन स्नान गर्ने तीर्थालुहरू आउने गर्दछन् । बिहान सबेरैदेखि तीर्थालु स्नानका लागि आएका उनले जानकारी दिए ।

गत वर्ष कोरोना संक्रमणका कारण भक्तजनलाई स्नानका लागि रोक लगाइएको थियो । यस वर्ष ४० हजारभन्दा बढी स्नानका लागि आउने अनुमान गरिएको उनले बताए ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन आज वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको संकल्प गर्ने गर्दछन् ।

बुधवार बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना साटासाट गर्ने गरिन्छ । रासस

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : २८ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब