१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सरकारले बिद्यार्थी विद्यालय नपठाउन अभिभावक गुहारेपछि नेपालगन्ज उपमहागरमा ७ दिन बिद्यालय बन्द गर्ने निर्णय



नेपालगन्ज । सरकारले निरिहिता देखाउँदै बिद्यालय बन्द गर्न नसकेर अभिभावकलाई बालबालिका बिद्यालय नपठाउन आग्रह गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले आफै एक साताकालागि उपमहानगर क्षेत्रका बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा दिनदिनै कोरोना संक्रमण बढेपछि उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबराको अध्यक्षतामा बिहीबार बसेको नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

एकाएक संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए । शिक्षा स्वास्थ्य मन्त्रालयले आजै मात्र कोरोनाको अति जोखिम जिल्लाकरुपमा रहेका बाँके सहित १४ जिल्लाका बिद्यालय बन्द गर्न आग्रह गरेको थियो । सरकारले भने बिद्यालय बन्द गर्न आग्रहसँगै अभिभावकलाई बालबालिका बिद्यालय नपठाउन आह्वान समेत गरेका थियो ।

बाँकेमा बुधबार एकैदिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बाँकेमा कोरोना उपचारका लागि रहेको भेरी अस्पतालको कोरोना वार्ड पुरै भरिएपछि अस्पतालले थप उपचार गर्न नसक्ने बताईसकेको छ ।

विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजानेसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १० : १५ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका