१८ श्रावण २०८३, सोमबार | August 4, 2026

सप्तरीमा हात्तीको आक्रमणबाट एक जना किसानको मृत्यु



सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी-१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए ।

हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।

कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासीले बताए । मृतकका एक श्रीमती, छोरा र छोरी छन् । रासस

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : १८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क