२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

ओली भारतको टाङमुनि छिरेका छन् : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनि छिरेको आरोप लगाएका छन् ।

नेवि संघको ५२औं स्थापना दिवसको अवसरमा राजधानीको बाल्मिकी क्याम्पसमा आयोजित नेविसंघ केन्द्रीय समितिको कार्यक्रममा सभापति देउवाले ओली भारतको टाङमुनि छिरेर राष्ट्रवादी मुखुण्डो च्यातेको बताएका हुन् ।

ओलीले राष्ट्रवादको नाममा चुनाव जिते पनि उनी अहिले भारतीय इशारामा नाच्ने भैसकेको जिकिर गरे । देउवाले भने, ‘हिजो जो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको तुमशरणम् भइसक्यो ।’ देउवाले ओली राष्ट्रवादी नभएर अवसरवादी भएको बताए ।

सभापति देउवाले ओली सरकार अहिले पनि बहुमतमा रहेको बताए । तर, ओली विरुद्ध बहुमत पुग्ने सम्भावना सुनिश्चित हुनासाथ उनको सरकार ढालिने स्पष्ट पारे ।

राजनीति सम्भावनाको खेल भएको भन्दै देउवाले भने, ‘नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन । ओलीलाई जसपाले साथ दिन खोजिरहेको छ । जुन दिन सरकार विरुद्ध बहुमत पुग्ने सम्भावना सुनिश्चित हुन्छ उनको सरकार ढालिन्छ ।’

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ०९ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा