१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पाल्पाको निस्दीमा जीप दुर्घटना हुदा ७ जना घाईते, दुईको अवस्था गम्भिर



पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेका छन ।

मित्याल रामपुर सडक खण्ड अन्तरगत कच्चि सडकमा खादारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका ४ का ७० वर्षीय चुरा बहादुर सुनारी, ६४ वर्षीय फत्त सिंह ठाडाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य ५ जना सामान्य घाइते भएका छन ।

घाईतेहरुको रामपुर अस्पतालमा उपचार भईरहेको छ । ९ जना सवार रहेको उक्त जीप र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

जीप सडकदेखि करिब ५ मिटर तल खसेर सालको रुखमा अड्किएको हुँदा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : ३२ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क