१६ बैशाख २०८१, आइतबार | April 28, 2024

संसद अधिवेशन अन्त्य गरेर ओलीले गणतन्त्र र राष्ट्रियता नै धरापमा पारे : राजमो



काठमाडौं । सरकारले संसद अधिवेशन हठात अन्त्य गरेकोमा राष्ट्रिय जनमोर्चाले भत्र्सना गरेको छ ।

राजमो अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी संसदीय परम्परा विपरित संसद अधिवेशन अन्त्य गरेर सरकराले अधिनायकवादी तथा निरंकुश शैली देखाएको भन्दै भत्र्सना गरेका छन् ।

अध्यक्ष केसीले सरकारले देशलाई मध्यावधी निर्वाचततिर धकेल्न लागेको आरोप समेत लगाएका छन् । केसीले विज्ञप्तिमा भनेका छन्, ‘‘संसदमा सरकारका विषयमा उठेका सवालहरुको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व हुन्छ । संसदीय परम्परा अनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त गरेका छन् । उनको यो अधिनायकवादी तथा निरंकुश कदमको हामी घोर विरोध तथा भत्र्सना गर्दछौं ।’

राजमोले संसदलाई भंग गरेर जुनसुकै समयमा पनि मध्यावधि लैजाने हथकण्डा अपनाउन खोजेको आरोप लगाउँदै ओलीको क्रियाकलापले गणतन्त्र र राष्ट्रियता नै धरापमा परेको निस्कर्ष निकालेको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : ०८ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा