१ पुस २०८२, मंगलबार | December 16, 2025

कपिलवस्तु सवारी दुर्घटना अपडेट : बस चालकको मृत्यु



कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा मंगलबार बुटवलबाट कृष्णनगर जाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किँदा घाइते भएका बसचालको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका वडा नं.९ मा मंगलबार बिहान १०ः५० बजेको समयमा लु१ख ५६८४ नम्बरको बस र ना४ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका वडा ं. १ का २९ वर्षीय कृष्णबहादुर कुँवरको मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जनाएका छन् । कुँवरको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, २३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये सामान्य चोट लागेकालाई स्थानीय बुद्ध पोलीक्लिनिक, चौराह अस्पताल लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्यलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ०१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज