काठमाडौं । सत्तारुढ नेकपा एमालेले बल्खुमा भव्य पार्टी कार्यायल भवनको शिलन्यास गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा पारेर एमालेले साविककै पार्टी कार्यालय रहेको मदननगर बल्खुमा नयाँ भवनको शिलन्यास गरेको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान भवनको शिलन्यास गरेका छन् । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको यो नयाँ भवन १३ रोपनी क्षेत्रफलमा फैलिने एमालेले जनाएको छ ।
नयाँ भवन देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतिक हुने परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीले बताए ।
२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय बनाएको थियो ।
सो भवन २१ वर्षपछि २०७२ साल बैशाख १२ को भूकम्पले भत्किएको थियो । त्यसपछि एमालेको पार्टी कार्यालय पासाङ ल्यामु पर्वतारोहण प्रतिष्ठानको धुम्बाराहीस्थित भवनमा भाडामा बसेको थियो । एमालेको केन्द्रीय कार्यालय आजै थापाथलीस्थित नयाँ भवनमा सर्दैछ ।
प्रतिक्रिया