१७ असार २०८३, बुधबार | July 1, 2026

बल्खुमा एमालेको केन्द्रीय कार्यालय भवन शिलन्यास



काठमाडौं । सत्तारुढ नेकपा एमालेले बल्खुमा भव्य पार्टी कार्यायल भवनको शिलन्यास गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा पारेर एमालेले साविककै पार्टी कार्यालय रहेको मदननगर बल्खुमा नयाँ भवनको शिलन्यास गरेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान भवनको शिलन्यास गरेका छन् । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको यो नयाँ भवन १३ रोपनी क्षेत्रफलमा फैलिने एमालेले जनाएको छ ।

नयाँ भवन देशभरका कार्यकर्ताहरुको आस्था र सम्मानको प्रतिक हुने परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीप ज्ञवालीले बताए ।

२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलामा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय बनाएको थियो ।

सो भवन २१ वर्षपछि २०७२ साल बैशाख १२ को भूकम्पले भत्किएको थियो । त्यसपछि एमालेको पार्टी कार्यालय पासाङ ल्यामु पर्वतारोहण प्रतिष्ठानको धुम्बाराहीस्थित भवनमा भाडामा बसेको थियो । एमालेको केन्द्रीय कार्यालय आजै थापाथलीस्थित नयाँ भवनमा सर्दैछ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १० : ३३ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा