१८ श्रावण २०८३, सोमबार | August 3, 2026

दोस्रो लहरको कोरोना महामारीमा नेपालमै पहिलो ‘लकडाउन’ नेपालगन्जमा



नेपालगन्ज । गयराती १२ बजेबाट सुरु भएको नेपालगन्ज उपमहानगरको ‘लकडाउन’को पहिलो दिन मिश्रित प्रभाव देखिएको छ । ‘लकडाउन’का कारा सार्वजानिक सवारी साधन चलेका छैनन् भने मुल सडकमा सर्वसाधारण निकै कम देखिएका छन् । भारतबाट नेपाल फर्केका नेपालीहरु गन्तब्यकालागि पैदल हिँडेको केहि दृष्य देखिएपनि स्थानीयको उपस्थिती भने निकै पातलो देखिएको छ ।

लकडाउनको पहिलो दिन सुचनाको अभावमा नेपालगन्जको रामलिला मैदानमा बिहान हुने श्रमिक बजार भने सुचारु देखिएको थियो । नेपाल र भारतबाट दैनीक ज्यालादारीमा काम गर्न आउने मजदुरहरु बिहानै देखि मैदानमा पुगेका थिए । नेपालगन्जको भित्री बजारका केहिभागहरुमा पनि स्थानीय ब्यापारीहरुले पसल खोलेर बसेको पाईएको छ । मुल सडकमा प्रहरीको बाक्लो उपस्थिती देखिएपनि नगरको भित्रीभागमा भने प्रहरी तैनाथीक कम देखिएको छ ।

नेपालगन्जको गणेशमान चोक, बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, न्यु रोड, सेतु बिक चोक, बसपार्क लाइन, पुष्पलाल चोक, धम्बोझी चोकहरुका व्यवसाय पुर्ण रुपमा बन्द छन । एकलैनी, बिस्कोरियनटोल, फुलटेक्रा लाईन लगायतका भित्री बजारमा भने केहि पसलहरु खुल्ला रहेको पाईएको छ ।

पातलो संख्यामा सडकमा निस्केका सर्वसाधारणलाई प्रहरीले खासै कडा गरेको छैन । एकआध स्थानमा प्रहरीले पैदलयात्रीलाई मास्क लगाउन र बाहिर नसनस्कन सम्झाईबुझाई गरेको छ । पहिलो दिन भएका कारण सर्वसाधारणलाई सम्झाउने काम गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भारतबाट फर्कंदै गरेको नेपालीहरुलाई नेपाल भारत सिमाको जमुनाहामा होल्डिन गरि गन्तब्य सम्मको सवारी साधनबाट पठाउने व्यवस्था मिलाईएको बाँके प्रहरीका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक टक्कर स्वाँरले बताए ।

अत्यावश्यक काममा बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनको सुचनामा चेतावनी दिईएनि प्रहरीले कारवाही नै गरि हालेको छैन ।

लकडाउनको पहिलो दिन बिहीवार बिहान बाँकेका प्रजिअ शिवराम गेलालसहित बाँके प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी वल बागेश्वरी गणका गणपति अशोक बम , राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी लगायतका सुरक्षा प्रमुखहरुले सिमानाका जमुनाहदेखी नेपालगन्ज क्षेत्रको अनुगमन गरेका थिए ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  २ : ४१ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।