४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले स्थायी कमिटीबाट नेपाल पक्षीय नेताहरु निस्काशित, ओलीले गरे कमिटी पुनर्गठन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुलाई स्थायी कमिटीबाट निस्काशन गरेका छन् ।

अध्यक्ष ओलीले फागुन २८ गते पुनर्गठन गरेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले आजे नेता नेपाल निकट नेताहरुलाई हटाएर स्थायी कमिटी पुनर्गठन गरेको हो । तर, ओलीले नयाँ गठन गरेको १७ सदस्यीय स्थायी कमिटीमा वामदेव गौतमलाई भने राखिएको छ । केही सदस्य पछि थप्ने बताइएको छ ।

स्थायी कमिटीमा अध्यक्ष आली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल राखिएका छन् ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएका नेताहरु हुन् । एमालेको महाधिवशेनबाट पारित विधानअनुसार उनीहरुलाई हटाउन सकिँदैन । तर, ओलीले विधानलाई आफु अनुकुल संशोधन गरेपछि नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीलाई फागुन २८ गते आफु निकट नेताहरुको बैठकबाट खारेज गरेका थिए । सोही बैठकले केन्द्रीय कमिटीको संख्या समेत बढाइएको थियो । माओवादी परित्याग गरेर एमाले बनेका रामबहादुर थापासहितका नेताहरु सोही बैठकबाट एमालेको केन्द्रीय सदस्य बनेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : १९ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा