१ पुस २०८२, मंगलबार | December 16, 2025

पूर्वी नवलपरासीको बुलिङटारमा जीप दुर्घटना : एकको मृत्यु, १६ घाइते



नवलपरासी। पूर्वी नवरपरासीको बुलिङटारमा शुक्रबार जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक दिलीपकुमारी गिरीका अनुसार नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका–६, अत्रौलीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी पाल्पा रामपुर–४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए । घाइतेमध्ये पाँच जनाको नारायणी सामुदायिक अस्पताल भरतपुर र ११ जनाको डेढगाउँस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्कीको अवस्था गम्भीर रहेको उनले बताए । जीपमा १७ जना सवार थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । जीपको बे्रक फेल भएपछि सडकदेखि ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज