६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

रुपन्देही नेत्रहिन संघलाई १ लाख ५१ हजारको अक्षयकोष



बुटवल । रुपन्देही नेत्रहिन संघको लागि अन्नपूर्ण टोल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ निवासी स्व।कमलापती गंगादेवी पन्थ स्मृती प्रतिष्ठानले अक्षयकोषको स्थापना गरेको छ ।

आईतबार रुपन्देही नेत्रहिन संघ बुटवल तामनगरमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले जानकारी दिनुभयो ।

आईतबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा प्रतिष्ठान बरिष्ठ सल्लाहकार हरि प्रसाद अधिकारीको उपस्थितिमा संरक्षक केडि पन्थ, गंगा पन्थ र महासचिव यादव गैरे ले संयुक्त रुपमा रुपन्देही नेत्रिहन संघका अध्यक्ष कृष्ण बहादुर जिसीलाई प्रदान गर्नुभएको हो ।

जिल्लामा छरिएर रहेका दृष्टिविहिनता भएका व्याक्तिहरुको व्याक्तित्व विकास, क्षमाता अभिवृद्धि तालिम तथा अन्य कार्यमा उक्त अक्षयकोषबाट आएको रकम खर्च गरिने रुपन्देही नेत्रहिन संघका सचिव टिकाराम पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ५ : ०६ बजे

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आजदेखि प्रदर्शनमा

काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल

सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

सुनसरी । धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

दसैँको टीकाको तेस्रो दिन पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको