३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँकेको कोहलपुरले माग्यो एकसाताको ‘लकडाउन’



नेपालगन्ज । नेपालमा स्थानीय स्तरमा ‘लकडाउन’ हुने पालिकामा नेपालगन्ज उपमहानगर पछि कोहलपुरमा लकडाउन हुने भएको छ । नेपालगन्ज उपमहानगरलाई स्थानीय प्रशासनले ‘लकडाउन’ घोषणा गरेको थियो भने कोहलपुरमा स्थानीय सरकारबाट ‘लकडाउन’को घोषणा गरिएको हो । भोलि आईतबारबाट कोहलपुर नगरपालिका क्षेत्रमा १ हप्ताका लागि ‘लकडाउन’ गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

लकडाउन र कोहलपुरमा समूदय स्तरमा फैलिएको कोरोनाका सम्बन्धमा समिक्षा गर्न शनिबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले कोभिड नियन्त्रण तथा रोकथामका लागि कोहलपुर नगर क्षेत्रभर लकडाउन गर्न सहमती दिएको थियो । सहमती अनुसार नगरपालिकाले आइतबार राती १२ बजेदेखि एक साताकालागि ‘लकडाउन’ गर्नका लागि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अनुरोध गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले बताए ।

नगरपालिकाका अनुसार कोहलपुर नगरभित्र शनिबार बिहानसम्म कोरोनाका २६१ जना सक्रिय संक्रमित रहेका छन् । सरकारले बनाएको मापदण्ड अनुसार सक्रिय संक्रमित २०० बढी भएको अवस्थामा पालिकाले निषेधाज्ञा माग्न सक्दछ ।

सर्वदलिय बैठकले कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । यसअघि दोस्रो चरणको कोरोना महामारी फैलिएपछि नेपाल मै पहिलो पटक नेपालगन्जमा एक हप्ताकालागि लकडाउन लागु गरिएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : २४ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक