४ आश्विन २०८३, आइतबार | September 20, 2026

रुपन्देहीमा १६ वटै स्थानीय तहका विद्यालय बन्द, मंगलबारदेखि यातायातमा जोर-बिजोर



बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीमा १६ वटै स्थानीय तहका विद्यालय बन्द गरिने भएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सुरक्षा पदाधिकारी तथा स्थानिय तहका प्रमुख, अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानिय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको हो ।

शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाईको ब्यवस्था गर्न भनेको छ । यसको साथै सबै किसिमका पूर्व निर्धारित परिक्षाहरु समेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ ।

त्यसैगरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । बैशाख १४ गते मंगलवारदेखि जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।

बैठकमा सबै स्थानिय तहका अध्यक्ष प्रमुख एवम प्रतिनिधिहरुले कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम वडा र टोल स्तरमा गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै बैठकले प्रत्येक पालिकामा कम्तिमा १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्न समेत निर्देशन गरेको छ । अहिले रहेका सामुदायिक आईसोलेसन र होम क्वारेन्टाइनहरुको क्षमता विकास गरि पूर्व तयारी अवस्थामा रहन समेत बैठकले आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : ४७ बजे

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार