१८ श्रावण २०८३, सोमबार | August 3, 2026

मोरङमा ९६६ महिला बेपत्ता



मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको पाइएको छ ।

उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायत नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिए ।

माइती नेपाल मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सन् २०२० अप्रिलदेखि २०२१ मार्चसम्मको एक वर्षको अवधिमा ३७ महिला तथा युवतीलाई सीमावर्ती क्षेत्रबाट उद्धार गरेको जनाएको छ । सो अवधिमा मोरङ, सुनसरी, धनकुटा, उदयपुर, काठमाडौँ, भक्तपुर, सिरहा, सप्तरी सोलुखुम्बु, बारा, चितवन, सिन्धुपाल्चोक, खोटाङ र झापा जिल्लाका महिलालाई बेचबिखनबाट रोक्न सफल भएको हो ।

अघिल्लो वर्ष सोही अवधिमा ११० युवती तथा महिलालाई मोरङको भारतसँग सीमा जोडिएका क्षेत्रबाट उद्धार गरिएको थियो । मोरङको विभिन्न खुला सीमावर्ती क्षेत्रबाट भारततर्फ बेचबिखन गर्न लगिएका युवती तथा महिलालाई नियन्त्रणमा लिई अभिभावकलाई बुझाइएको संयोजक पोखरेलले बताए ।

मोरङमा पछिल्लो १० वर्षमा ९६६ महिला बेपत्ता भएको नेपालको कार्यालयमा उजुरी दर्ता भएको छ । अधिकांश महिलालाई भारतमा राम्रो रोजगारी लगाउने प्रलोभन देखाएर लग्ने गरेको पीडित महिलाबाट जानकारी प्राप्त भएको छ । भारतलगायत तेस्रो मुलुकमा काम लगाइदिने भन्दै उनीहरुललाई बेपत्ता बनाएको माइती नेपालले जनाएको छ ।

गत एक वर्षमा ११ वटा करणीका घटनामा कार्यालयमा उजुरी परेकामध्ये १८ वर्षदेखि २६ वर्षमुनिका रहेका छन् । यस्तै अघिल्लो वर्ष सातवटा करणीको उजुरी परेको संयोजक पोखरेलले जानकारी दिए । यस वर्ष २५ वटा घरेलु हिंसाका घटनाको उजुरी परेको छ । अघिल्लो वर्ष १७ वटा दर्ता भएका थिए ।

कोभिड-१९ का कारण विराटनगरको रानी सीमा नाका बन्द भए पनि चोरबाटो प्रयोग गरेर बिचौलियाहरुले विभिन्न प्रलोभन देखाई युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि पुर्याउने गरेको कार्यालयले जनाएको छ । यद्यपि कोभिड-१९ का कारण विगत वर्षभन्दा यस वर्ष चेलीबेटी बेचबिखनका घटनामा केही कमी आएको छ ।

बिचौलियाले युवतीलई मिस कल गर्ने, छोटो सन्देश पठाउने, फेसबुक, इमेलगायतका सामाजिक सञ्जाल प्रयोग गरी राम्रो नोकरी, प्रेम विवाह गर्ने आदि प्रलोभन देखाई भारततर्फ बेचबिखनका लागि लग्ने गरेका छन् । नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले सामुदायिक विद्यालयका ८ देखि १० कक्षासम्मका युवतीमा जनचेतना बढाउनुपर्ने बताए । रासस

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ०३ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल