७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भारतमा संक्रमण र मृत्युदर अहिलेसम्मकै उच्च : एकैदिन ३ लाख ६२ हजार बढी संक्रमित थपिए



काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दर झनै तीब्र बन्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा थप तीन लाख ६२ हजार ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दिन प्रतिदिन कोरोना संक्रमणको दर उकालो लागिरहेको भारतमा यो संख्या हालसम्मकै उच्च हो । एक साता यता दैनिक तीन लाख संक्रमित थपिँदै आएका छन ।

भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६ सय नाघेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा तीन हजार २८५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म मृत्यु हुनेको कुल संख्या २ लाख १ हजार १ सय नाघेको छ ।

कोरोना महामारी देखिएयता पहिलो पटक भारतमा एकैदिन तीन हजारभन्दा बढीको मृत्यु भएको हो । पछिल्लो एक साता यता दैनिक दुई हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका थिए ।

भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको वर्ल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतका १५ राज्यमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन । सबैभन्दा बढी महाराष्ट्रमा ६६ हजार ३६८ संक्रमित थपिएका छन ।

त्यस्तै, उत्तर प्रदेश, केरला र कर्नाटकमा ३० हजारभन्दा बढी संक्रमित थपिएका छन । पश्चिम बंगालमा १६ हजार ४०३, तलिमनाडुमा १५ हजार ८३०, गुजरातमा १४ हजार ३५२ र उत्तराखण्डमा ५ हजार ७०३ संक्रमित थपिएका छन ।

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उत्तराखण्ड पनि सबैभन्दा बढी संक्रमण फैलिएका राज्यहरुमा पर्दछन ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : ०२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क