१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा एकै रातमा ५ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा एकै रात ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ५ जनाको ८ घण्टाका बीच मृत्यु भएको पीसीसीएमसी बाँकेले जनाएको छ ।

डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज ४ का ६० वर्षिय पुरुषको बुधबार राती ९ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भने सोहि समयमा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर ११ की ४३ वर्षिया महिलाको मृत्यु भएको थियो । त्यसैगरि भेरी अस्पतालमा बुधबार राती १० बजे नेपालगन्ज ९ का ४२ वर्षिय पुरुषको मृत्यु भएको थियो भने भेरी मै मध्यराती बर्दिया बढैयातालका ३२ वर्षिया पुरुषको राती १ः३० बजे मृत्यु भएको छ । भेरी अस्पतालमै नेपालगन्ज ५ का ५५ वर्षिय पुरुषको पनि बिहान ५ः३० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।

आज मृतक थपिएसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ भने बाँकेमा उपचारका क्रममा मृत्यु भएका बाहिरी जिल्लाको मृत्यू संख्या १०९ पुगेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : १७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा