४ आश्विन २०८३, आइतबार | September 20, 2026

दमकमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज



झापा । पूर्वपश्चिम राजमार्गको दमक-९ स्थित चियादोकान नजिकैको भित्री सडकमा शंकास्पद वस्तु फेला पर्दा केहिबेर जनजिवन त्रासमय बनेको छ ।

एउटा टिनको बट्टामा तार बाधेर सडकमा फालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि दमक प्रहरीले सेनाको सहयोगमा निस्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

शंकास्पद वस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ बजे निस्क्रिय बनाएको हो । बिहानै शंकास्पद वस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरू त्रसित भएका थिए ।

फेला परेको शंकास्पद वस्तुमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ । प्रहरीले बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भईरहेको प्रनाउ कार्कीले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : १७ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल