२३ बैशाख २०८१, आइतबार | May 6, 2024

काठमाडौं उपत्यकामा एकै दिन झण्डै ३ हजार संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टाभित्र झण्डै ३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित २२ जिल्लामा कोरोना संक्रमण नियन्त्रणबाहिर जानलागेको भन्दै आम सर्वसाधारणलाई सचेत गराएलगत्तै मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २९५६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समयमा यति धेरै संक्रमण एकै दिनमा भएको यो नै पहिलो रेकर्ड हो ।

उपत्यकाभित्र काठमाडौं जिल्लामा मात्रै २४०४ जनालाई संक्रमण देखिएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांले जनाएको छ ।

कोरोना नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा पनि लगाइएको छ । यो निषेधाज्ञाले कोरोना संक्रमणको ब्रेकडाउन गर्न अझै केही दिन लाग्ने भएका कारण त्यतिन्जेलसम्म उपत्यकामा अझै संक्रमण दर बढ्नसक्ने देखिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ५० बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa