४ आश्विन २०८३, आइतबार | September 20, 2026

निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग



दमौली । तनहुँको देवघाट गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग गरिएको छ ।

जिल्ला समन्वय समिति तनहुँ र चितवनको संयुक्त पहलमा बसेको बैठकले पुल भत्किएको घटनाको छानबिनका लागि सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले भत्किएको पुलको भग्नावशेष आगामी जेठ १५ गतेभन्दा अगावै नदीबाट हटाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।

चितवनका सङ्घीय सांसद, वागमती प्रदेशका सांसद, तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित सहभागी बैठकले पुल सम्पन्न नहुँदासम्म तनहुँ र चितवन जिल्ला समन्वय समितिको नेतृत्वमा संयुक्त अनुगमन समिति गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए । “दुई/दुई पटक पुल क्षतिग्रस्त हुनुको मुख्य कारण के हो र कसको लापरवाही हो भन्ने विषयमा छलफल पश्चात् छानबिनका लागि मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ”, उनले भने ।

गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक स्थल देवघाटधाम हुँदै मुक्तिनाथ करिडोरलाई जोड्ने गरी देवघाट क्षेत्र विकास समितिको गुरुयोजनामा समावेश भई रु २१ करोड लागत रहेको पुल यही वैशाख १२ गते दोस्रो पटक भत्किएको थियो । यसअघि गत चैत २४ गते सो पुलको केही भाग भत्किएको थियो । वैशाख १२ गते पुल भाचिँदा नदीमा खसेर दुई जनाको मृत्यु भएको थियो ।

बैठकमा तनहुँबाट जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल, समन्वय समितिका सदस्य एवं प्रवक्ता गुरुङको सहभागिता थियो । रासस

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ०८ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल