४ आश्विन २०८३, आइतबार | September 20, 2026

अफगानिस्तानमा कार बम विस्फोट : विद्यार्थीसहित ३० जनाको मृत्यु, ९० जना घाइते



एजेन्सी । अफगानिस्तानमा कार बम विस्फोट हुँदा विद्यार्थीसहित ३० जनाको मृत्यु भएको छ ।

लोगर प्रान्तको राजधानी पुल ए आलमस्थित एक गेस्टहाउस नजिक शुक्रबार राति बम बिस्फोट हुँदा उनीहरुको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बिस्फोटमा ९० जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार बिस्फोटले भवनको छाना खस्दा घाइतेहरु भवन भित्र फँसेका थिए ।

इस्लामिक पवित्र महिना रमादान चलिरहेको बेला भएको यो विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : १७ बजे

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा