१७ असार २०८३, बुधबार | July 1, 2026

पहिला भीडमा रमाएको सरकारले अहिले त्रास फैलाउँदैछ : वर्षमान पुन



काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले कोरोना नियन्त्रण गर्न सक्दिन भनेर त्रास फैलाएको आरोप लगाएका छन् ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता पुनले नेता पुनले कोरोना रोकथाम तथा न्युनिकरणमा नलागि सरकारले गम्भिर लापरबाही गरेको आरोप लगाए ।

लापरबाहीपूर्ण तरिकाले पहिला भीड जम्मा गरेको सरकारले अहिले कोरोना नियन्त्रण गर्न सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको पुनको भनाइ छ । स्वास्थ्य मन्त्रालयको विज्ञप्तिप्रति नेता पुनले टिप्पणी गरेका हुन् । सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पु¥याउनुपर्ने उनले बताए ।

पुनले भने, – ‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केहीपनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्यउपचार, चेकजाँच, परिक्षणका कुराहरुलाई ध्यान दिनुपर्छ ।’

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि नीजि अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइशोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए । सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जबर्जस्ती मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलिय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  २ : ४६ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)