२ पुस २०८२, बुधबार | December 17, 2025

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द



कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ ।

स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताए ।

उनका अनुसार स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो ।

गाउँपालिकाको सेवा वैशाख मसान्तसम्म बन्द

यसैगरी गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै गाउँपालिकाले मङ्गलबार एक सूचना जारी वैशाख २२ गतेदेखि ३१ गतेसम्म सेवा बन्द गरिएको जनाएको छ ।

गाउँपालिकामा सङ्क्रमण तीव्रगतिमा फैलिरहेकाले गाउँपालिका कोभिड-१९ व्यवस्थापन समितिको निर्णयानुसार गाउँपालिका तथा नौवटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्म जारी गरेको निषेधाज्ञा आदेशानुसार गर्ने गरी अत्यावश्यकबाहेकका सबै बन्द गरिएको हो । औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा सञ्चालन हुने र दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूलका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन हुने बताइन्छ ।

स्वास्थ्य, सुरक्षा, विद्युत्, खानेपानी, औषधि तथा औषधिजन्य सामग्री बिक्री वितरणलगायतका अत्यावश्यक सेवा तथा कार्य गर्नेबाहेकका अन्य सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : ०८ बजे

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश