२६ बैशाख २०८१, बुधबार | May 8, 2024

एकैरातमा बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेमा सबैभन्दा बढी नेपालगन्ज उप-महानगरबासी



नेपालगन्ज । मंगलबार र बुधबार मृत्युदरमा केहि कमी आएको देखिएको बाँकेमा बिहिबार बिहानको खबरले पुनः एकपटक झस्काईदिएको छ । बिहिबारको बितेको एकैरातमा बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बेलुका ६ बजेदेखी बिहिबार बिहान ७ बजेसम्म १० जनाले ज्यान गुमाएको डीसीसीएमसी बाँकेले जनाएको छ । त्यस अवधिमा जिल्ला बाहिरका १ र जिल्ला भित्रका ९ जनाको मृत्यु भएको छ ।

बैशाख १७ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका १२ का ४५ वर्षिय पुरुषको बुधबार बेलुका ६ः१५ बजे मृत्यु भएको भएको थियो । बैशाख १९ गते भेरीमा भर्ना भएकी नेपालगन्ज १० कि ७६ वर्षिय महिलाको बुधबार बेलुका ७ः३० मा मृत्यु भएको थियो ।

त्यसैगरि बुधबार राती ८ बजे भेरी अस्पतालमै उपचाररत नेपालगन्ज १ का ५८ वर्षिय पुरुषको मृत्यु भएको थियो भने त्यसको २० मिनेट पछि नेपालगन्ज १० का २७ वर्षिय युवाको मृत्यु भएको थियो ।

बुधबार बेलुका ७ बजे नै भेरी अस्पतालमै भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षिय महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो भने बेलुका ७ः४० मा कोहलपुर नगरपालिका ५ का ३४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको थियो ।

बैशाख १९ गते भेरीमा भर्ना भएका नेपालगन्ज ४ का ५५ वर्षिय पुरुषको मध्यराती १२ बजे मृत्यु भएको थियो । बिहान १ः४० बजे नेपालगन्ज १० का ७८ वर्षिय पुरुष, बिहान ४ः३० बजे नेपालगन्ज १९ का ७७ वर्षिय पुरुष र बिहान ७ बजे नरैनापुर १ का ५६ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

आज प्राप्त मृत्युको विवरणसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएका मध्य १२७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : ०५ बजे

आगामी आवको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

गर्मी छल्न पानीको सहारा : भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भिड

भैरहवा । सन्तकविर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा

गरिबीका कारण मकवानपुरका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय

पार्टी विभाजन बारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

सुनकोशी मरिण डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय