४ पुस २०८२, शुक्रबार | December 20, 2025

ओलीसँग कुनै सहमति भएको छैन, नीति र विधानमा चल्ने सुदृढ एमालेका लागि लचक छौं : नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट पारेका हुन् । नेता नेपालले सहमतिका लागि २०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने अडान दोहोर्याउँदै पार्टीलाई २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्वमा फर्काउनुपर्ने माग गरेका छन् ।

नेपालले आफुहरुले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुद्दिढ र एकतावद्ध एमाले चाहेको हुनाले वार्ता र लचकता दुवै अपनाउन तयार भएको जिकिर पनि गरेका छन् । उनले लेखेका छन्, ‘वार्ता र लचकता दुवै अपनाउछौ तर सहमती भइसकेको छैन १

नेपालले लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको