१७ श्रावण २०८३, आइतबार | August 3, 2026

१ घण्टाभित्र अक्सिजन नझरे धेरै संक्रमितको ज्यान जोखिममा पर्ने लुम्बिनी प्रादेशिक अस्पतालकाे चेतावनी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा १ घण्टाभित्र अक्सिजन उपलब्ध हुन नसके धेरै संक्रमितको हताहती हुन सक्ने अस्पतालले जनाएको छ ।

अस्पतालसंग मौज्दात अक्सिजन सकिएको र अव १ घण्टा भन्दा बढी चल्ने अवस्था नभएको भन्दै अस्पतालले १ घण्टाभित्र अक्सिजन नझरे अप्रिय अवस्था आउन सक्ने बताएको हो ।

अस्पतालका प्रवक्ता डा बिष्णु गौतमले १ घण्टालाई मात्र माज्दात अक्सिजनले धान्ने र त्यस भित्र आउन नसके ठूलो जोखिम हुने बताए ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अक्सिजनको तत्काल अभाव हटाउन शंकर अक्सिजनले २३० सिलिण्डर, लुम्बिनी अक्सिजनले ५० र अर्को लुम्बिनी अक्सिजन प्रालीले ५० सिलिण्डर तत्काल उपलब्ध गराउने सहमती भएको थियो ।

तर सहमति अनुसार बिहानै झर्नु पर्ने सिलिण्डर ९ बजेसम्म नझरेपछि जोखिम बढेको डा. गौतमले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ३९ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले