४ आश्विन २०८३, आइतबार | September 20, 2026

तमिलनाडुमा सोमबारदेखि दुई हप्ता लकडाउन



नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले आगामी सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने शनिबार घोषणा गरेको छ ।

भारतमा कोभिड-१९ संक्रमण उच्च दरमा रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । उक्त राज्यमा कोभिड-१९ संक्रमितको संख्या अहिलेसम्मकै उच्च (२६ हजार संक्रमित) भेटिएको एक दिनपछि यो निर्णय गरेको हो ।

राज्यका नवनिर्वाचित मुख्यमन्त्री एक के स्टालिनले भने, “तमिलनाडुमा मे १० तारिख बिहान ४ बजेदेखि लागु हुने गरी अति आवश्यक सेवाबाहेक सबै क्षेत्रलाई दुई हप्ताका लागि पूर्णतया लकडाउन गरिएको छ ।” तमिलनाडुमा कोभिड-१९ संक्रमितको संख्या उच्च देखिएपछि बन्दाबन्दी ‘अपरिहार्य’ भएका कारण यो निर्णय लिइएको उनले बताए ।

अधिकारीहरूले भने कि तालाबन्दी लगाउने निर्णय एक बैठकमा मुख्यमन्त्रीले प्राप्त गरेको सूचनाको आधारमा लिइएको हो । सरकारले जारी गरेको निर्देशनानुसार बन्दाबन्दीका क्रममा बैंकले ५० प्रतिशत कर्मचारीद्वारा सेवा सञ्चालन गर्न पाइनेछ भने खाद्यान्न तथा अति आवश्यक अन्य सेवालाई कोभिड-१९ नियन्त्रणका लागि जारी गरिएका नियम पालना गर्दै जारी राख्न भनिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : १५ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन