१६ असार २०८३, मंगलबार | July 1, 2026

धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान



काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया अघि सार्न नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए लगत्तै तीन दलले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेका ह्न् ।

शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरिएको छ ।

उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने पहिलो विकल्प छ । तीन दलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् । राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेसँगै संयुक्त सरकार बनाउन दलहरु ती दलहरु जुट्नेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ३८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी