२१ असार २०८३, आइतबार | July 5, 2026

रेल चालकका लागि विज्ञानमा प्लस टु उत्तीर्ण



काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी रेल्वेसम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशका दफा १८ मा रेलचालक वा सहचालकको योग्यताबारे व्यवस्था गरिएको छ ।

सो नियमअनुसार चालक अनुमतिपत्र पाउन मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा माध्यमिक तह उत्तीर्ण वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

दफा १८ को ‘ख’ मा मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम चलाउन योग्य प्रमाणपत्र प्राप्त हुनुपर्ने व्यवस्था गरिएको उल्लेख छ । अध्यादेशअनुसार २५ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघकेको र रेल चालकको हकमा कम्तीमा तीन वर्ष रेल सहचालकका रूपमा काम गरेको हुनुपर्नेछ ।

शारीरिक वा मानसिक अस्वस्थताका कारण रेल चलाउन योग्य नभएको, दृश्य शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, हात वा खुट्टा शक्तिहीन भई काम दिन नसक्नेलगायतलाई भने मान्यता नदिइने व्यवस्था छ ।

कसैले विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक अनुमतिपत्र प्राप्त गरेको भए त्यस्ता व्यक्तिले निवदेन दिएमा रेल्वे प्रशासकले रेलचालक वा सहचालक अनुमतिपत्रका लागि लाग्ने दस्तुर लिई अध्यादेशबमोजिम अनुमतिपत्र दिनसक्ने व्यवस्था गरिएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ३३ बजे

प्रचण्डको आरोप – सरकार संविधान र गणतन्त्र मास्न खोज्दैछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी