१६ असार २०८३, मंगलबार | July 1, 2026

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए राजनीतिक दलहरुको बैठक



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका लागि दलहरुको बैठक बोलाएका छन् । राष्ट्रपति भण्डारीले सोमबार राति संविधानको ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलसम्मिलित सरकार गठन गर्न आह्वान गरेकी थिइन ।

नयाँ सरकारका लागि प्रयास गरिरहेका कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबीच छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । देउवा प्रधानमन्त्रीका दाबेदार हुन् ।

मंगलबार दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाइएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले ९३ मत मात्र पाएर विश्वासको मत गुमाएपनि विपक्षमा जम्मा १२४ मत परेको थियो । नयाँ सरकार गठनका लागि १३६ मत आवश्यक पर्छ ।

जसपाको महन्थ ठाकुर पक्षले भने ओलीलाई नै समर्थन गर्ने संकेत गरेका कारण विपक्षी दलहरु अलमलमा परेका छन् । ठाकुरले मध्यरातमा विज्ञप्ति जारी गर्दै आफुहरु नयाँ सरकार बनाउने खेलमा नलाग्ने जनाउँदै ओली सरकारले नै आफ्ना मागहरु पुरा गर्दै गएको उल्लेख गरेका थिए ।

तर, जसपाकाका अध्यक्ष उपन्द्र यादवले भने हिजै कांग्रेससभापति देउवा, माओवादी अध्यक्ष प्रचण्डसँग संयुक्त वक्तव्य जारी गर्दै धारा ७२ २ अनुसार नयाँ सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

अब कांग्रेस, माओवादी र जसपा उपेन्द्र पक्षले थप १२ सांसदका लागि या त जसपाकै ठाकुर पक्षलाई मनाउनुपर्ने हुन्छ या त एमालेको माधव नेपाल पक्षलाई फकाउनुपर्ने हुन्छ । नेपाल पक्षले सामुहिक राजीनामा दिएपछि नयाँ सरकार बन्ने अपेक्षामा रहेका कांग्रेस माओवादी माधव पक्षको राजीनामा बार्गेनिङमै सीमित रहँदा थप अलमलमा परेका छन् ।

 

यो पनि पढ्नुहोस : बहुमतको सरकार बनाउन राष्ट्रपति भण्डारीद्वारा दलहरूलाई आह्वान

 

माधव पक्षका २८ सांसद हिजो प्रतिनिधिसभामा अनुपस्थित भएका थिए । जसमध्ये ८ जना सांसद समानुपातिक कोटाका रहेका छन् । जसलाई अध्यक्ष केपी ओलीले तत्कालै हटाउन सक्छन् । बाँकी २० सांसदलाई ओलीले कम्तिमा पनि शुक्रबारसम्म कारवाही नगर्ने भएका छन् । बिहीबार राति ९ बजेसम्मको समयसीमाभित्र नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदलाई कारवाही गरे संसदको कुल संख्या घट्ने भएका कारण विपक्षी दललाई सरकार बनाउन सजिलो हुने अवस्था छ । यही बुझेर नै ओलीले शुक्रबार बिहानसम्म कारवाही रोक्ने भएका हुन् । तर, पार्टीको ह्वीप उल्लंघन गरी संसदमा मतदानमा अनुपस्थित भएका कारण नेपाल पक्ष कानूनतः दण्डित हुने भने निश्चितै छ ।

त्यसैले आजको बैठकमा देउवाले नेता नेपाललाई पनि बोलाएका छन् । नेपालको उपस्थिति हुन्छ या हुँदैन, त्यसैबाट बहुमतको सरकारका बन्ने या नबन्ने बारेमा पहिलो संकेत मिल्नेछ ।

बहुमतको सरकार बनेन भने राष्ट्रपतिले बिहीबार राति ९ बजेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो दलका नेतालाई सरकार बनाउन आह्वान गर्नेछिन् । तत्कालै एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले सोही रात नै आफ्नो दाबी पेश गर्नेछन् । ओलीले बहुमतको सरकार नबन्ने निश्चित भएको भन्दै अल्पमतको सरकार बनाउन तयारी अवस्थामा बसिसकेका छन् ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : १० बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी