२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आईसीयू र एचडीयू बेड कुर्दाकुर्दै इमर्जेन्सी वार्डमै ५ जनाको मृत्यु



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि आईसीयु र एचडीयू बेड कुर्दाकुदै ५ जनाको मृत्यु भएको छ । आज रातभरीमा ६ जनाको मृत्यु भएकोमा ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा बसेर आयस्यू र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको हो ।

एकजनाको भने प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पु¥याए लगत्तै मृत्यु भएको थियो । आज मृत्यु हुनेहरुमा मंगलबार इमर्जेन्सीमा आएका तानसेन १४ का ३८ वर्षिय पुरुष रहेका छन् उनको मंगरबार राती ११ बजे मृत्यु भएको थियो ।

त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगरलबार साँझ ६ः३५ बजे, बैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको थियो । मंगलबार नै लुम्बिनी प्रादेशि अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५ः५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मंगलबार नै सिकिस्त अवस्थामा इमर्जेन्सीमा ल्याईएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पु¥याए लगत्तै मंगरबार राती ७ बजे मृत्यु भएको उनले बताए ।

डा. गौतमका अनुसार मृतकहरु मध्ये ५ जनाले कोरोना विशेष अस्पतालमा आईसीयू र एडीयू बेड कुरेर इमर्जेन्सी वार्डमा बसिरहेका थिए । विशेष अस्पतालमा बेड खाली नभएपछि उनीहरुको इमर्जेन्सीमै ज्यान गएको थियो । ‘अक्सिजन नभई नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था आयो ।’ डा. गौतमले भने, ‘संक्रमितको अवस्था र गाम्भिर्यता हेरेर प्रतिक्षा सुचिमा राख्ने गराएका छौं ।’

आज मृत्युको संख्या थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : १० बजे

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले

राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित

६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

बुटवल । मातातिर्थ औंशी का अवसरमा लुम्बिनी केबलकारले ६० वर्षमाथिका

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,