१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अक्सिजन सकिएर कोरोना विशेष अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा अक्सिजन सकिएर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अक्सिजनको सहायतामा उपचार भईरहेका ती संक्रमितहरुलाई दिईरहेकोअक्सिजन सकिएपछि अक्सिजन लिन नपाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

अक्सिजन सकिएको सुचना गर्दापनि समयमा अक्सिजन अस्पताल पुग्न नसक्दा बेडमा रहेका संक्रमितहरुलाई आधा घण्टा अक्सिजन दिन नसकिएको लुम्निी अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

मृत्यु हुनेमा बुटवल उपमहानगरका ४ जना र नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल ११का २९ वर्षिय पुरुष, वार्ड नम्बर ८ का ५२ वर्षिय पुरुष, बुटवल १२ की ५९ वर्षिया महिला र बुटवल १३ का ५२ वर्षिय पुरुष रहेका छन् । अक्सिजन नै नपाएर बर्घाटका ४४ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा आज बिहान आउनु पर्ने अक्सिजनको सिलिण्डर समयमा आउन नसक्दा आधा घण्टा अक्सिजन दिन नसकिएको र सोहि समेयमा उपचाररत संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा केहिबेर अगाडी मात्र अक्सिजन सिलिण्डर झरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ३५ बजे

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा