२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रुपन्देही आइपुग्यो ४० थान अक्सिजन बोकेर सेनाको हेलिकप्टर



बुटवल । नेपाली सेनाको हेलिकप्टरले रुपन्देहीको भिम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालका लागि ४० थान अक्सिजन सिलिन्डर एयरलिफ्ट गरेर रुपन्देही पु¥याएको छ । सेनाको एमआई–१७ हेलिकप्टरले सिमरास्थित २८ बाहिनीमा रहेको सिलिन्डरहरुलाई एयरलिफ्ट गरेर भैरहवा पुर्‍याएको हो ।

अक्सिजनको अभावमा बुधबारमात्रै भीम अस्पतालमा तीनजनाले र बुटवलस्थित कोरोना विशेष अस्पतालमा पाँचजनाको मृत्यु भएको थियो ।

आज बसेको डीसीसीएमसी रुपन्देहीको बैठकले केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष अक्सिजन उपलब्ध गराइदिन माग गरिएपछि सेनाको हेलिकप्टरबाट सिमरा र भरतपुरबाट अक्सिजन झिकाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

प्रजिअ तामाङले आज आएको सबै अक्सिजन सिलिण्डरलाई लुम्बिनी प्रादेशिक अस्पतालमा होल्ड गर्ने र आवश्यक परेमा भिम अस्पताललाई पनि उपलब्ध गराउने गरि ब्यवस्थापन गरिएको बताए । उनले सीसीएमसीलाई अनुरोध गरेर सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको र रुपन्देहीमा स्थानीयस्तरबाट अपुर्तिमा कम हुनासाथ बाहिरबाट अक्सिजन ल्याईने जानकारी दिए ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् साँझ साढे ७ बजेतिर ४० थान अक्सिजन सिलिन्डर भैरहवास्थित गौतम बुद्ध विमानस्थल परिसरमा झारिएको बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदीले बताए ।

रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल र प्रादेशिक अस्पतालमा १ सय १६ जना बिरामीलाई अक्सिजन सहित राखिएको छ भने भिम अस्पतालमा ७० बढी कोरोना संक्रमितले अक्सिजन लिइरहेका छन् ।

अक्सिजनको नियमित आपुर्ति रोकिएपछि अस्पताल भर्ना भएका विरामीहरु ज्यान जोखिममा परेको छ ।

बिहिबार बिहान पनि हेलिकप्टरबाट थप अक्सिजन सिलिण्डर ल्याउने तयारी भएको प्रजिअ तामाङले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ५३ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य