४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमितको उपचार आफै गर्न बाँकेका प्रजिअ र एसपीलाई भेरी अस्पताल विकास समिति अध्यक्षको चुनौती



नेपालगन्ज । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले कोरोना संक्रमितको उपचार गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख प्रहरी उपरिक्षकलाई चुनौती दिएका छन् । अस्पतालको क्षमता भन्दा बढी संक्रमितलाई उपचार गर्न बाध्य पारिएको आसयका साथ आज साँझ धितालले सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटसमा अस्पतालको क्षमताभन्दा बढीको उपचार गर्न नसकिने स्पष्ट पारेका छन् ।

उनले भेरी अस्पतालको अक्सिजन क्षमता अनुसार कोभिड बिरामी उपचार गर्न सक्ने १४२ बेड मात्रै भएको र १४२ संक्रमितको मात्र उपचार गर्न सकिने भन्दै त्यसभन्दा बढीको उपचार बाँकेका एसपी र सीडीओलाई गर्न चुनौती दिएका छन् ।

 

अस्पतालमा कोरोना वार्डका लागि १४२ बेड मात्र तयार गरिएपनि हाल भेरी अस्पतालमा ३०० बढी कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पताल विकास समितिका अध्यक्षको जिम्मेवारीमा रहेका ब्यक्तिले अस्पतालको क्षमता बृद्दी गर्न सबैसँग समन्वय र सहकार्य गर्नु पर्नेमा प्रशासकहरुसँग निहु खोजेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको आलोचना गरेका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ५२ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी