५ पुस २०८२, शनिबार | December 20, 2025

बाँकेमा उपचाररत ९ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु



नेपालगन्ज । बाँकेमा रातभरीमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ५ जना, बर्दियाका २ जना र दाङका २ जना रहेका छन् । आज मृत्यु भएसँगै बाँके जिल्लाका २१३ जना र बाँकेमा उपचारका लागि आएका मध्य १६३ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जमा मा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षिया महिला, बैजनाथ–६ बाँकेका ६४ वर्षिय पुरुष, डुडुवा–३ बाँकेकी ५० वर्षिया महिला, नरैनापुर–५ बाँकेका ४२ वर्षिय पुरुष र नेपालगन्ज–१२ बाँकेकी ७५ वर्षिया महिला रहेका छन् । त्यसैगरि राजापुर–६ बर्दियाकी ५६ वर्षिया महिला, गुलरिया–८ बर्दियाकी ३२ वर्षिया महिला, तुलसिपुर–६ दाङका ४३ वर्षिय पुरुष र तुलसिपुर–५ दाङकी ३५ वर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताएका छन् ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : ३३ बजे

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा