२२ बैशाख २०८१, शनिबार | May 4, 2024

अपरान्ह ४ बजेसम्म माग पुरा गर्न नेपाल-खनाल पक्षद्वारा ओलीलाई दबाब



काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फेरि दबाब दिएका छन् ।

यसअघि पनि पटकपटक दबाब दिँदै पछि हट्दै आएका नेपाल-खनाल समुहले बिहीबार अपरान्ह ४ बजेसम्म आफुहरुले उठाउँदै आएका एजेण्डामा प्रतिवद्धता जनाउन ओलीलाई समय दिएका हुन् ।

२६ गते राति वरिष्ठ नेता नेपालले ओलीलाई पठाएको ६ बुँदे माग सम्बोधन गर्नुपर्ने रावलको भनाइ छ । त्यो बेलासम्म पनि मागबारे सहमति नजनाए आफुहरुले राजीनामा दिने नेता भीम रावलले बताए । रावलले यसअघि नै राजीनामा दिइहाल्नुपर्ने मत राख्दै आएका छन् । तर, नेपाल खनाल समुहभित्रै ओली पक्षसँग कसरी प्रस्तुत हुने सम्बन्धमा एकमत नबनेका कारण यसअघि वैशाख २७ गते पनि उनीहरुको सामुहिक राजीनामाको अल्टिमेटम संसद बहिस्कारमा पुगेर टुंगिएको थियो ।

नेपाल खनाल पक्ष निकट स्थायी कमिटी सदस्यहरुको बैठक अपरान्ह ४ बजे बस्दैछ । सो बैठक अगाडि अध्यक्ष ओलीले आफ्ना माग पुरा गरुन भन्ने यो पक्ष चाहन्छ । अध्यक्ष ओलीले भने आजै बिहान स्थायी कमिटी बैठकमार्फत नेता नेपालसहित रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई गरेको ६ महिनासम्मको निलम्बनको कारवाही फिर्ता गरेका थिए । अ‍ोलीले पार्टी एकता जोगाउने भन्दै कारवाही फिर्ता लिएसँगै नेता नेपाललाई फोन गरेर छलफलको प्रस्ताव गरिसकेका छन् ।

नेपाल खनाल पक्षका योगेश भट्टराई र सुरेन्द्र पाण्डेले कारवाही फिर्ता सकारात्मक भएको भन्दै जेठ २ अघिको स्थायी कमिटी बैठक बस्नुपर्ने माग गरेका छन् ।

नेपाल खनाल पक्षका कम्तिमा २० जना सांसदले राजीनामा नदिए विपक्षी कांग्रेस माओवादी र जसपाको यादव पक्षको गठबन्धनले नयाँ सरकार बनाउने उद्देश्य समाप्त हुन्छ । यसअघि नेपाल पक्षले विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग पुग्नेगरी आफु निकटका सांसदहरुले राजीनामा दिएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रतिवद्धता जनाएका थिए ।

 

 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १ : ०७ बजे

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई