५ पुस २०८२, शनिबार | December 20, 2025

नयाँ सरकार बनाउने समयसीमा साँघुरिँदै जाँदा बूढानिलकण्ठमा देउवा र प्रचण्डबीच छलफल



काठमाडौं । वैकल्पिक सरकार गठनका लागि मुख्य भूमिका खेलिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ ।

देउवा निवास बूढानिलकण्ठमा भैरहेको भेटवार्तामा सरकार गठनका लागि समय घर्किँदै जाँदा कसरी अगाडि बढ्ने विषयमा छलफल हुँदैछ ।
राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय आज राति ९ बजे सकिँदैछ । तर, अझै पनि देउवा र प्रचण्डले बहुमत जुटाउन सक्ने सुत्र फेला पारेका छैनन् । जसपाको उपेन्द्र यादव पक्षले समर्थन

गर्ने पक्का छ । तर, एमालेको नेपाल खनाल समुहका सांसदले राजीनामा दिएनन् भने नयाँ सरकार बनाउने योजना समाप्त हुन्छ । देउवा र प्रचण्डले बुढानिलकण्ठमै भैरहेको केपी शर्मा ओली र माधवकुमार नेपालबीचको वार्ताको निस्कर्षलाई नियालीरहेका छन् ।

यसअघि देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरेका थिए । ठाकुरले आफुहरुले समर्थन गर्न नसक्ने जनाउँदै उपेन्द्र यादवले दिने समर्थन समेत राष्ट्रपतिले अस्वीकार गर्ने बताएका थिए ।

देउवाले अपरान्ह ४ बजे पार्टीको पदाधिकारी बैठक पनि बोलाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : २२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र