१५ चैत्र २०८२, आइतबार | March 29, 2026

जो कसैको घरमा अक्सिजन सिलिण्डर भेटिए कारवाही गर्ने रुपन्देही प्रशासनको चेतावनी



बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय प्रशासनको जानकारी बिना अक्सिजन सिलिण्डर स्टक राखेको पाईए कार्यवाही गर्ने चेतावनी दिएको छ ।

प्रशासनले आज सुचना जारी गर्दै रुपन्देहीका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको भन्दै आवश्यकता पर्न सक्ने बहानामा अक्सिजनको सिलिण्डर स्टक नगर्न आग्रह समेत गरेको छ । होम आइसोलसनमा प्रयोग भएको भए त्यसको विवरण समेत सुरक्षा निकायमा जानकारी गराईदिन सर्वसाधारणलाई आग्रह गर्दै प्रशासनको जानकारी बिना जो कसैको घर अक्सिजन सिलिण्डर भेटिए कारवाही गर्ने रुपन्देही प्रशासनले सुचित गरेको हो ।

स्थानीय तह र बिभिन्न संघ संस्थाहरुले राहत प्रदान गर्ने नाममा आफु निकटका ब्यक्तिहरुका घरमा अक्सिजन पु¥याउने र सिलिण्डर होल्ड गर्न थाले पछि प्रशासनले कडाई गर्न थालेको हो । यस अघि लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले अर्थ ,पहुँच र बलले सक्नेहरुका घर घरमा भोलि चाहिएला नि भनेर ‘ब्याक अप’ को लागि सिलिन्डर थन्किएको भन्दै सामाजिक सञ्जाल मार्फत गुनासो गरेका थिए । उनले स्थानीय तहबाट सामान्य अवस्थाका मान्छेलाई भनेर आइसोलेशनमा बसेकालाई सिलिन्डर पुर्याइदिने गाउँ पालिका र नगरपालिकाको अभियानले पनि अस्पतालका आइ सी यू र एच डी यू लाई अभाव भएको टिप्पणी गरेका थिए । ‘अक्सिजनको बारेमा सबै बिज्ञ भएपछि के लाग्छ र ?’ डा. खनालले लेखेका थिए ।

कोरोनाको दोस्रो चरणको महामारी फैलिएसँगै भएको अक्सिजनको अभाव पछि स्थानीयतहहरुमा अक्सिजन बैंक खोल्ने र अक्सिजनको आवश्यक नपरेका होम आईसा्ेलेशनमा रहेकाहरुको घरमा समेत अक्सिजन लगेर राखिदिने होड चलेका कारण पनि अस्पतालहरुमा अक्सिजनको अभाव देखिएको थियो ।

यता प्रशासनले पनि सुचनामा कोभिडका नया भेरिएन्टबाट उत्पन्न महामारीको बिषम परिस्थितिका कारण अस्पतालहरुमा बिरामीको चाप बढेको र त्यसको उपचारको लागी आवश्यक पर्ने अक्सिजन ग्यासको अभावमा परिस्थिति दैनिक जटिल बन्दै गएको उल्लेख गरिएको छ । अस्पतालमा अक्सिजनको अभाव भए पनि महामारीको डर र त्रासका कारण बिभिन्न ब्यक्ति तथा संस्थाले अक्सिजन सिलिण्डर घरमा लगि स्टक राख्ने गरेको सूचना जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको समेत प्रशासनको सुचनामा लेखिएको छ ।

पछि चाहिन सक्छ भनेर घर वा संस्थामा होल्ड गरेर राखिएका सम्पूर्ण अक्सिजन सिलिण्डरको विवरण नजिकको सुरक्षा निकायमा चाडो भन्दा चाडो जानकारी गराई दिन प्रशासनले आग्रह गरेको छ ।

“सूचनाको अवज्ञा गरि बिना जानकारी ब्यक्ति/संस्थाले अक्सिजन राखेको पाईएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने ब्यहोरा जानकारी गरिन्छ ।” सूचनामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ४ : ३१ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा