२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

माथिल्लो तामाकोसी आयोजना बाँध र डिस्यान्डर बेसिन परीक्षण



काठमाडौ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु भएको छ ।

सोमबारबाट सुरु गरिएको परीक्षण न्यूनतम आठ दिनसम्म गर्नुपर्ने भए तापनि निरन्तर आगामी २२ गतेसम्म गरिने तालिका बनेको आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाका अनुसार पहिलो दिन अर्थात् सोमबार बाँधमा चार मिटर पानी जम्मा गरिनेछ ।

त्यसपछि क्रमशः दुई/दुई मिटर प्रतिदिन पानी थप्दै लगिने छ ।

हरेक गेट बन्द गरेर बाँधमा पानी जम्छ कि जम्दैन परीक्षण गरिन्छ । बाँध, गेट र इन्टेक समेतका संरचनाले काम गरे नगरेको पनि थाहा हुन्छ ।

बाँधको परीक्षणपछि बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर)मा पानी भरेर परीक्षण गरिन्छ ।

आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ४९ बजे

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको

नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा