२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भेरी अस्पताल सहित ३ अस्पतालमा अक्सिजन प्लान्ट बनाउने निर्णयमा हस्ताक्षर गर्दै अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण



काठमाडौं । पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ वटा अस्पतालमा अक्सिजन प्लान्ट र पाईप लाईन जडान गर्ने निर्णयमा हस्ताक्षर गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् । अर्थमन्त्रीको सपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गर्न अर्थमन्त्रालय पुगेका मन्त्री पौडेलले पुनर्नियुक्ति पछिको पहिलो निर्णय ३ वटा अस्पतालमा अक्सिजन प्लान्ट पाईपलाईन जडान गर्ने बनेको छ ।

उनले पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले कोभिड-१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गरिने बताए । अर्थमन्त्री पौडेलले आगामी बजेट कोभिड-१९ लाई सामना गर्ने गरी आउने बताउँदै बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड-१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशील बनाउने संकल्पकासाथ बजेट आउने बताए ।

कोभिड-१९ विरुद्धको लडाईंलाई थप सघन र प्रभावकारी बनाउने पौडेलको भनाई छ ।

पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ६ : ४८ बजे

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक