१७ श्रावण २०८३, आइतबार | August 2, 2026

भिम अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई माओवादी केन्द्रको बेसार पानी र तातो अण्डा



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटीले कोरोना संक्रमण भएर भिम अस्पताल भर्ना भएका विरामीका लागि निःशुल्क तातो बेसार पानी, ज्वानो पानी, चिया र अण्डा वितरण शुरु गरको छ ।

उपचाररत संक्रमितहरुलाई आजबाट माओआदी केन्द्रका कार्यकर्ताहरुले बेसार पानी, ज्वानो पानी र चियाका साथमा अण्डा वितरण गर्न थालेका हुन् ।

दिनको तिन पटक विहान, ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ देखि २ बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म विरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्यानो पानी, चिया र अण्डा वितरण गरिने पार्टीका नगर ईञ्चार्ज डार्विन रोक्का मगरले बताए ।

कोरोनाका कारण अस्पतालमा भर्ना भएका विरामी र उनका कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानिय बजारमा निषेधाज्ञा जारि भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न शुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी न्यौपानेले बताए ।

वितरण कार्यक्रम पार्टीको नगर कमिटी, जनबर्गिय संगठन वाईसिएल नेपालले संयुक्त रुपमा संचालन गर्ने पार्टीको नगर कार्यालयले जनाएको छ । माहामारीको बेलामा विपदमा परेका विरामीहरुका लागि मानवताको हिसावले सहयोग गरिएको पार्टीका नेता फैज अहमद खानले जनाए ।

सो पार्टीले अस्पतालमा शुरु गरिएको वितरण कार्यक्रमलाई सफल पार्नका लागि सवैले आआफ्नो क्षेत्र बाट सहयोग पुराउन पनि अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  १० : ३२ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो