५ पुस २०८२, शनिबार | December 20, 2025

सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता



काठमाडौं । सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिण्डर फिर्ता गरेको छ ।

उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन ।

एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिण्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिण्डर ग्यास छन । उनका अनुसार काठमाडौं उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार २५० र साना ३९ हजार ११४ सिलिण्डर छन ।

यसैगरी देशभरि ३१ हजार आइसोलेशन सेन्टरको व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीमध्ये एक हजार ५०० अक्सिजनसहितका आइसोलेशन सेन्टर छन ।

उनका अनुसार सङ्क्रमितको उपचारका लागि १० हजार ८१२ सामान्य शय्या, हाइ डिपेन्डेन्सी (एचडियु) दुई हजार ५९०, एक हजार ६२३ सघन उपचार कक्ष (आइसियु) र ५९८ भेन्टिलेटर छन ।

उनले हाल अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढदै गइरहेकाले संक्रमितलाई अक्सिजन र शय्या अभाव हुन नदिने प्रयास गरिएको जानकारी दिए ।

उनका अनुसार चीनको सिचुवान प्रान्तले सरकारलाई उपलब्ध गराउने स्वास्थ्य सामग्री यही जेठ ५ गते सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौं आइपुग्ने छ ।

सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने देशभरका ४२ हजार ८२८ जनालाई कारवाही र सचेत गराइएको जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : २५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता