१४ माघ २०८२, बुधबार | January 28, 2026

चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री यसै साता आइपुग्छ : राजदूत यान्छी



काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर यसै साता नेपाल आइपुग्ने भएको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्रीहरुको दोस्रो लट यसै साता नेपाल आइपुग्ने जनाएकी छिन् । राजदूत यान्छीले ट्वीटरमार्फत यसबारे जानकारी गराएकी हुन् ।

आइतबार मात्रै चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर सडकमार्गहुँदै तातोपानी नाका आइपुगेको व्यापक हल्ला भएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकारले ती सिलिण्डर तातोपानी आइपुगेको समाचार संचारमाध्यमहरुलाई सम्प्रेषण गरेका थिए ।

ती सिलिण्डर अनुदानको नभै नेपाली व्यवसायीहरुले आफैले खरिद गरेर ल्याएका थिए । नेपाली व्यापारीले खरिद गरेका १८ हजार थान अक्सिजन सिलिन्डर चिनियाँ कन्टेनरमार्फत सोमबार मध्यान्न तातोपानी भन्सारमा झारिएको छ ।

https://twitter.com/PRCAmbNepal/status/1394233179003768833

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ४ : ४२ बजे

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

श्री नेवा: सेवा समिति बुटवलद्वारा सामूहिक ईही र कय्ता पूजा माघ २१ र २२ गते आयोजना हुँदै

बुटवल । श्री नेवा: सेवा समिति बुटवलले विगतका वर्षहरूमा झैँ