१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रातभरीमा बाँके र रुपन्देहीमा ४/४ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल र अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु ३ जना कोरोना विशेष अस्पतालमा र १ जना लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बैशाख २८ गते भर्ना भएका सियारी ३ रुपन्देहीका २९ वर्षिय पुरुषको सोमबार साँझ ७ः२७ बजे मृत्यु भएको थियो भने जेठ २ गते भर्नाभएका खनदह अर्घाखाँचीका ४३ वर्षिय पुरुषको मध्यराती १२ः०४ मा मृत्यु भएको थियो । त्यस्तै जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षिय पुरुषको सोमबार साँझ ५ बजे मृत्यु भएको थियो भने बुटवल १२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पताल पु¥याए लगत्तै मृत्यु भएको थियो ।

रुपन्देहीमा अहिलेसम्ममा मृत्यु हुनेको संख्या २६५ पुगेको छ ।

उता बाँकेमा पनि रातभरीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार बैशाख ८ भेरी अस्पताल भर्ना भएकी नेपालगन्ज १० की ६२ वर्षिया महिलाको सोमबार साँझ ७ः४५ बजे मृत्यु भएको थियो भने बैशाख २९ गते भेरीमै भर्ना भएका तुलसिपुर दाङका ५० वर्षिय पुरुषको सोमबार राती ८ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि जेठ २ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका मधुवन बर्दियाका ६५ वर्षिय पुरुषको सोमबार राती ९ः१५ बजे मृत्यु भएको थियो भने जेठ १ गते भेरी अस्पताल भर्ना भएका खजुरा बाँकेका ८५ वर्षिय पुरुषको आज बिहान ४ः३० बजे मृत्यु भएको थियो ।

बाँकेमा आजसम्ममा जिल्लाभित्रका २४२ जना र जिल्ला बाहिरका १९८ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : ३४ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि