१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बारामा घाँटी रेटी हत्या गरेको अवस्थामा दुई बालकको शव फेला



काठमाडौं । बारामा एकै परिवारका दुई दाजुभाइ बालकको शव भेटिएको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको हो ।

कलैया उपमहानगरपालिका-७ का अब्दुल रसार अन्सारीका दुई छोरा ९ वर्षीय उशमान र ७ वर्षीय अमिनको शव मंगलबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु दुवैजना सहोदर दाजुभाइ हुन् ।

उनीहरु सोमबार हिजो दिउँसोबाट हराएका थिए । साँझ उनीहरुको खोजीसमेत गरिएको थियो । उनका बुबा वैदेशिक रोजगारीका लागि कतारमा छन् ।

‘घाँटी अगाडीबाट काटिएको अवस्थामा शव फेला परेको छ ।’ जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।

उनले भने, “हत्याको कारणबारे अनुसन्धान सुरु गरेका छौं । पारिवारिक वा अन्य के कारण हो खोज्दैछौं । अहिले यसै भन्न सकिन्न । थप अनुसन्धान गर्दै छौँ  । ” घटनास्थलमा शिल गरि प्रहरीले अनुसन्धान गरीरहेको प्रवक्ता मिश्रले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ११ : ३२ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म