१६ बैशाख २०८१, आइतबार | April 28, 2024

लमजुङ भूकम्प अपडेट : २ घर भत्के, २ जना घाइते



लमजुङ । लमजुङको भुलभुले केन्द्र भएर गएको भूकम्पले बेसिसहर नगरपालिकामा २ घर भत्केको र २ जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

स्थानीयका अनुसार बेसिसहर नगरपालिका वडा ८ चनौटे र सोही नपाको वडा नम्बर ११ रामचोकवेशीमा एउटा एउटा घर भत्किँदा २ जना घाइते भएका छन्‌ ।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याम्रिच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

यसअघि पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।

भूकम्पको धक्का काठमाडौं, धादिङ, नुवाकोट, गोरखा, तनहुँ, कास्की, रुपन्देही, मुस्ताङमा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : २५ बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा