१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रुपन्देहीमा एकैरात ७ जनाको मृत्यु, रहेनन् पत्रकार हिक्मत चौधरी



बुटवल । रुपन्देहीमा आज रातभरीमा १ जना पत्रकार सहित ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जना र भैरहवा स्थित भिम अस्पतालमा ३ जनाको मृत्यु भएको ती अस्पतालहरुले पुष्टि गरेका छन् । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेहरुमा मंगलबार अस्पताल पुगेकी तिनाउ ६ पाल्पाकी ६० वर्षिया महिलाको मंगरबार साँझ ४ः२० बजे, बैशाख २८ गते कोरोना विशेषमा भर्ना भएका बुटवल १३ का ५२ वर्षिय पुरुषको मंगरबार साँझ ७ः१० बजे, बैशाख २८ देखि कोरोना विशेषमा उपचाररत बुटवल ७ का ६० वर्षिय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बैशाख २५ देखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ५ मा स्थायी घर भएका पत्रकार हिक्मत चौधरीको पनि बिहान ३ः१५ बजे मृत्यु भएको चौधरीको परिवारले पुष्टि गरेका छन् ।

तिलोत्तमा ५ मणिग्राम निवासी ६० बर्षिय पत्रकार चौधरी २ दशकदेखि रेडियो लुम्बिनीमा कार्यरत थिए । चौधरीका श्रीमती ४ छोरी र २ छोरा छन् । उनको निधनले पत्रकार महासंघ स्तब्ध भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

उता भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षिय पुरुषको राती १२ः४० मा, बैशाख २५ गते भर्ना भएका परासी ६ का ४६ वर्षिय पुरुषको बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरका ४५ वर्षिय पुरुषको मध्यराती १ बजे मृत्यु भएको भिम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : ५९ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई