२४ बैशाख २०८१, सोमबार | May 6, 2024

थापालाई मतदान गर्न अध्यक्ष ओलीको अपील, पार्टी निर्देशन विपरित मतदान *गरे क्षम्य नहुने चेतावनी



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले आज एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गरेका हुन् ।

ओलीले पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णय विपरित विपक्षमा उभिएर मत खसाउने विषय कल्पना बहिरको कुरा भएको बताएका छन् ।

‘हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हितविपरीत काम नगर्ने सपथ लिई आएका छौं,’ ओलीले भनेका छन्, ‘आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दुमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन ।’

ओलीले बहुदलीय शासन प्रणाली अबलम्वन गर्ने कुनै पनि पार्टीका लागि पार्टी निर्देशन विपरितका कुनै पनि गतिविधि स्वीकार्य र क्षम्य नहुने चेतावनीसमेत दिएका छन् ।

ओलीले पार्टीका उम्मेदवार थापा नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको जिकिर गर्दै उनको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुयाउने तर्क गरेका छन् ।

उनले निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै मतदातालाई आग्रह गरेका छन् ।

भोलि हुने उपनिर्वाचनमा थापासँगै कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल पक्षको समर्थनमा संघीयता विज्ञ डा. खिमलाल देवकोटा मैदानमा रहेका छन् ।

एमाले उम्मेदवार थापाले हिजो नेता नेपालसँग भेट गरी सहयोगको आग्रह गरेका थिए । तर, नेता नेपालले आफ्नै पहललमा देवकोटालाई उम्मेदवार बनाएका कारण उनलाई धोखा दिन नसक्ने जनाउँदै मतदातालाई स्वविवक प्रयोग गर्न दिने जनाएका थिए ।

* यसअघि द्विअर्थी लाग्ने शिर्षक परेकोमा क्षमा माग्दै सच्चाएका छौ । -स.

 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १ : ०७ बजे

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक