५ पुस २०८२, शनिबार | December 20, 2025

बागमती प्रदेश राष्ट्रियसभा उपनिर्वाचनको मतदान बिहान ९ बजेदेखि, बादल र देवकोटा मुख्य प्रतिस्पर्धामा



काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । हेटौँडामा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन ।

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपा एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि माधव नेपाल र झलनाथ खनाल पक्षले उम्मेद्वारी दर्ताका बेला देवकोटालाई समर्थन गरेको थियो ।

निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन मिलाइसकेको छ । उनीहको स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा सबै प्रबन्ध मिलाइएको केन्द्रले जानकारी दिएको छ । हेटौँडा नगरपालिका-४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन वटा केन्द्रमा आज मतदान हुनेछ ।

केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएकाे छ । यसअघि मतदाताका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनु पर्ने भनिए पनि अहिले त्यो बाध्यकारी ब्यवस्था हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ७ : १६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता