६ पुस २०८२, आइतबार | December 21, 2025

बजेटअघि नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ । बजेटअघि संसद्मा नीति तथा कार्यक्रमका लागि बजेट अधिवेशन हुने गर्छ ।

बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री ओलीले भने नीति तथा कार्यक्रमअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् । एक मन्त्रीले अनुसार नीति तथा कार्यक्रम र बजेटअघि नै प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने तयारी गरिरहेका छन् । छिट्टै अधिवेशन बोलाउने तयारी भए पनि मिति भने तय भइनसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विपक्षी दलले सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुपर्नेहुन्छ । तर, अहिलेसम्म अधिवेशन आह्वान नहुँदा अध्यादेशमार्फत बजेट ल्याउन खोजेको आशंका गरिन थालिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरेमा सरकारले पूर्ण बजेट ल्याउन नसक्ने विपक्षी दलको भनाइ छ । गत २७ वैशाखमा संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेका ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

संविधानको धारा ७६ को उपधारा ३ नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । एक महिनाभित्र विश्वासको मत लिन नसके राष्ट्रपतिले बहुमत पु-याउन सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछन् । राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ७ : ३३ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा